माथागढी गाउँपालिकाद्वारा बजार अनुगमन

पाल्पा

जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट माथागढी गाउँपालिकाको वडा नम्बर १ चिदीपानि,वडा नम्बर २ रूप्से र वडा नम्बर ४ झडेवाका ७० वटा पसलहरू अनुगमन गरेको छ।

बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको पाइएको छ ।
बजार अनुगमन बाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु सरोकार वालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।

अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पाल्पाका टेक बहादुर घर्ति,उधोग वाणिज्य संघ पाल्पाका वालकृष्ण बस्याल,गाँउपालिकाका छैठौं अधिकृत नारायण प्रसाद न्यौपाने,गाँउपालिकाका आर्थिक समिति संयोजक तारा रसायली,माथा प्रहरी चौकीका प्रहरी हवलदार कृष्ण सिंजाली र आर्यभञ्जयाङ् प्रहरी चौकीका प्रहरी हवलदार शिवलाल वि.सि लगायतको समेत उपस्थिती रहेको थियो ।

मापडण्ड पुरा नगरेका पसललाई सचेत गराइएको र फेरी पनि गल्ती गरेमा कानून बमोजिम कारवाही गर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस