पर्यापर्यटनक्षेत्र ओलेसमा नियमित बस सेवा

पर्यापर्यटनक्षेत्र ओलेसमा नियमित बस सेवा

माथागढी गाउँपालिका वडा नं. ३, ओलेसमा पहिलोपटक बस पुगेको छ । नियमित जीप सेवा रहेकाे गाउँबाट बस सेवा सुरू भएसँगै स्थानीय हर्षीत भएका छन् ।

सोमबार लु २ ख ११११ नम्बरको श्रीनगर यातायात प्रालिको बस उचालक चन्द्र बहादुर थापा क्षेत्रीले पुर्याउँदा गाउँलेले फूलमालाले स्वागत गरेका छन् । बसले दैनिक सेवा प्रवाह गर्ने बताइएकाे छ । स्थानीय शिक्षक कृष्ण रानाले बिहान ७:३० बजे ओलेसदेखि तानसेनका लागि बस छुटने र दिउँसो ३:३० बजे तानसेनदेखि ओलेसका लागि बस छुटने व्यवस्था गरिएकाे बताए ।

पर्यापर्यटनकाे सम्भावना रहेकाे अग्लाे डाँडा ओलेसबाट नियमित बस संचालनमा आएसंगै यस क्षेत्रका स्थानीयलाई हर्षीत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस