पूर्वखाेलामा कक्षा ११ काे परीक्षा चल्दै

पूर्वखाेलामा कक्षा ११ काे परीक्षा चल्दै

कपिल देवकाेटा, पूर्वखाेला

काेराेना महामारीकाे कारण राेकिएकाे कक्षा ११ काे परीक्षा पूर्वखाेलामा गाउँपालिकास्तरमा एकरूपता कायम गरि सञ्चालन गरिएकाे छ । कार्तिक २४ गतेबाट ६ ओटा विद्यालयमा परीक्षा सुरू गरिएकाे हाे ।

काेभिड १९ बाट जाेगिन हेल्थ डेक्स सहित स्वास्थ्यका अन्य मापदण्ड माक्स, सेनिटाइजर, भौतिक दूरि कायम गर्दै परीक्षा संचालन भएको गणपती म विका शिक्षक तिर्थ बहादुर सारुले बताए । यस्तै पालिकामा जनमार्ग मावि , शम्भु मावी , उद्बुद्ध मावि, मातृभुमी मावि, गणपती मावि र जनप्रिय माविमा परीक्षा संचालन भएको छ । कक्षा ११ काे परीक्षा मंसिर ४ गतेसम्म संचालन हुने छ । मंसिर ८ गतेबाट कक्षा १२ काे परीक्षा राष्ट्रिय परीक्षा बाेर्डकाे व्यवस्थापन हुनेछ । तस्वीरः कन्दरान्यूजबाट

प्रतिक्रिया दिनुहोस