पाल्पामा थपिए २४ संक्रमित

पाल्पामा थपिए २४ संक्रमित


पाल्पा, कार्तिक २४

पाल्पामा सोमवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १८ जना, रिब्दीकोटका १ जना, बगनासकालीका १ जना,पूर्बखोलाका ३ जना र रामपुर नगरपालिकाका १ जना रहेका छन । स्वास्थ्य कार्यालयका अनुसार १३ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् ।

हाल सम्म पाल्पामा १ हजार ८२ जना संक्रमण मुक्त भई घर फर्किसकेका छन । यो सँगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार २ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस