रम्भाका किसानले पाए अनुदानमा आलुको बिउ

रम्भाका किसानले पाए अनुदानमा आलुको बिउ

रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । २९ हजार ५०० किलोग्राम आलुको बिउ वितरण गरिएकाे हाे ।

पालिकाले आलुमा आत्म निर्भर हुनको लागि यस वर्ष १८ लाख रुपिया भन्दा बढीको आलुको बिउ खरिद गरि कृषकलाई ५०% अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले प्रति किलो ६१ रुपियामा खरिद गरि साढे तीस रुपियामा किसानलाई वितरण गरेको हो ।

गाउँपालिकाले गठन गरेको बिउ बिजन खरिद तथा वितरण समिति मार्फत पाँच वटै वडा कार्यालयबाट बिउ वितरण गरिएको समितिका सदस्य एवम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले बताए ।

यस वर्ष रम्भा गाउँपालिकाको वडा नं. १ हुँगीमा ११००० केजी, वडा नं. २ फोक्सिङ्गकोटमा ४५०० केजी तथा वडा नं. ३ पिपलडाँडामा ४५०० केजी आलुको बिउ किसानहरुलाई वितरण गरिएको छ । यसैगरि वडा नं. ४ हुमीनमा ४५०० केजी तथा वडा नं ५ ताहुँमा ५००० केजी आलुको बिउ वितरण गरिएको छ । गा

प्रतिक्रिया दिनुहोस