झिनियाँ राेटी बनाएर २५ वर्षदेखी जीविकोपार्जन गर्दै केशलक्ष्मी

झिनियाँ राेटी बनाएर २५ वर्षदेखी जीविकोपार्जन गर्दै केशलक्ष्मी

पाल्पा, कार्तिक २३
पाल्पामा झिनियाँको व्यापार जीविकाेपार्जनकाे माध्यम बनेकाे छ । तिहारमा पाल्पाका महिलाहरू झिनियाँ बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् ।

झिनिया रोटी चामलको पीठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पीठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी दुईतिन दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ । पाल्पाको माथागढी गाउँपालिकामा १० घरपरिवारले झिनियाँ रोटी बनाएरै परिवार चलाउँदै आएका छन् ।

विदेशमा काम गर्न गएका श्रीमानलाई समेत घरमै बोलाएर झिनियाँ बनाउँदै आएकी माथागढी गाउँपालिका–३, कसेनी पाल्पाकी केशलक्ष्मी भट्टराईले २५ वर्षदेखी झिनिया बनाएरै परिवार चलाउँदै आएकी छिन् । भट्टराईले वार्षिक ८ लाखसम्मको झिनियाँ रोटी बेच्ने गरेको बताईन् । उनी भन्छिन्, ‘हामीले तिहारको समयमा मात्र होईन प्राय हरेक हप्ता १ कट्टा पीठोको झिनियाँ रोटी बनाएर बेच्ने गरेका छौं । तिहारको समयमा यसको माग उच्च हुन्छ । पछिल्लो समय शहरका व्यापारिहरुले पनि हामीकहाँ आएर झिनियाँ लागे गरेका छन् । उनले वार्षीक आठ लाख रुपैयाँसम्मको झिनियाँ बेच्ने गरेको अनुभव बताईन् ।

हेर्नुहाेस् भिडियाे…

झिनियाकाे व्यापार बढ्दाे

चार वर्षदेखि झिनियाँ बनाउँदै आएकी रामपुर नगरपालिका–४, सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन सुरु भएको समयमा मात्रै ३० क्विन्टल चामलको झिनियाँ तयार गरेको बताईन् । श्रेष्ठ वर्षमा झिनियाँ उत्पादनबाट खर्च कटाएर तीन लाख रुपैयाँ बचत गर्न सफल भएको बताईन् । रामपुर नगरपालिका–५ राङ्गभाङ्ग बस्ने मैयाँ श्रेष्ठले सात क्विन्टल चामलको झिनियाँ उत्पादन गरेर बिक्रि गरेको बताईन् । उनले हातमा सीप भएपछि घरभित्रै बसेर आयआर्जन गर्न सकिने बताईन् ।

पहिले तिहारमा मात्र बनाइने झिनियाँ हिजोआज भने विवाह, व्रतबन्ध, पूजाआजा तथा विशेष पर्वमा व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ रोटी दिने प्रचलन छ । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि पाल्पामा व्यावसायिक ढङ्गले झिनियाँको व्यापार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस