भवानी माबिमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ परीक्षा संचालन

भवानी माबिमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ परीक्षा संचालन

पाल्पा, कार्तिक २३

पश्चिम पाल्पाको भवानी माध्यमिक विद्यालय रिब्दीकोट–५,कुसुमखोलामा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ परीक्षा संचालन भएको छ । कक्षा ११ को परीक्षा कात्तिक १९ गते देखी कात्तिक २८ गते सम्म सबै सुरक्षाको उपायहरु अपनाई परीक्षा भइरहेको छ ।

सिसि क्यामेरा

कक्षा ११ का बिद्यार्थी यम बहादुर खड्का यस पटकको परीक्षा अरु बेला भन्दा निकै फरक तरिकाले भएको दंग छन ।

प्रत्येक कक्षामा सिसि क्यामेराको प्रयोग गरी निरीक्षण समेत गरीएको छ । स्वास्थ्य मापदण्ड र सिसि क्यामेराको निगरानिले यो बिषम परिस्थितीमा पनि परीक्षा संचालन गर्ने सहज भएको बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस