वालिङमा फूटसल सञ्चालनमा

वालिङमा फूटसल सञ्चालनमा

स्याङ्जा जिल्लामै पहिलोपटक फूटसल खेलको शुरुआत भएको छ । वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फूटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो । 

सेन्टरले रु एक करोडको लागतमा फूटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुवेदीले बताउनुभयो । छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलोपटक फूटसल सञ्चालनमा ल्याइएको छ ।

सञ्चालक सुवेदीले भने, “फूटसल सञ्चालनमा आइसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ ।” दिनभरि कामकाजमा व्यस्त हुने र साँझ बिहानको समयमा शरीर स्वस्थ राख्नका लागि पनि फूटसल उपयोगी रहेको उनको भनाइ छ । 

मोफसलमा फूटसल सञ्चालन गरेर जिल्लामा पहिलोपटक फूटसल खेललाई प्रवेश गराएर खेलकूदको विकास तथा खेलाडीको क्षमता प्रष्फुटन गर्नमा वालिङ स्पोटस् सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको छ ।

प्रतिक्रिया दिनुहोस