तिहारका लागि फूल तयारी, दामाेदरकाे व्यवसायिक फूलखेती

तिहारका लागि फूल तयारी, दामाेदरकाे व्यवसायिक फूलखेती

पाल्पा, कार्तिक २२
खेतमा फुलिरहेका रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) काे व्यवसायिक खेती रूप्सेका दामोदर घर्तीले सुरू गरेका छन् ।
माथागढी गाउँपालिका–२, रुप्सेमा घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गरेका छन् । कृषक घर्तीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुष्प व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन्, ‘फूल खेतीको पनि नेपालमा प्रशस्त सम्भावना रहेको छ । सरकारले भारतबाट फूल नल्याउने बताएको छ । कृषकका लागि खुसीको कुरा हो । सरकारले विचौलियाको पनि व्यवस्थापन गर्नुपर्छ ।’ उनले सामान्य जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा नलाग्न युवाहरुलाई सुझाए ।

सधैं आलू खेती गरिने जग्गामा फूल खेती गर्दा यहाँका अन्य किसान भने आश्चर्यमा परे । कतिपयलाई फूलले बजार पाउने कुरामा आशंका व्यक्त गरे । तर घर्तीको खेतमा फुलेको फूल हेर्न र खरीद गर्न समेत टाढाटाढाबाट व्यापारीहरु आउन थालेका छन् । उनले दशैं र तिहारका लागि दुई थरी फूल फूलाएका छन् । दशैंमा केही फूल बिक्रि भैसकेको छ । तिहारका लागि तयारी अवस्थामा २ रोपनी क्षेत्रफलमा फूलहरु फूलेका छन् । एउटा मालाको एक सय देखी एक सय पचास रुपैयाँसम्ममा घरबाटै बिक्रि हुने कृषक दामोदर घर्तीले बताए ।
जिल्लाको तानसेन, वगनाशकाली, रामपुर, माथागढी, भैरवस्थान क्षेत्रमा फूल खेती गरिँदै आएको छ । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले पुष्पखेतीलाई व्यावसायिक बनाउन सकेको अवस्थामा राम्रो आयआर्जन गर्न सकिने बताए । उनले गाउँपालिकामा व्यवसायिक पुष्पखेती गर्ने युवालाई गाउँपालिकाले प्रोत्साहनका कार्यक्रममा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस