दिपक पाेखरेल
रैनादेबी छहरा गाउपालिकाले बाझो जग्गा उपभोग गरेबापत ११४ जना कृषकलाई अनुदान बितरण गरेको छ । अन्नबाली तर्फ ८० जना र फलफूल खेती तर्फ ३४ जनालाई अनुदान बितरण गरिएको गाउपालिकाले जनाएको छ ।
अन्न बाली तर्फ प्रतिरोपनी ३००० का दरले १२,६६,००० र फलफुल खेतिमा प्रति रोपनी रोपनी २००० को दरले १६८००० गरि कुल १४,३४,८०० को अनुदान बितरण गरिएको हो । खेती योग्य बाझो ६३३ रोपनी मध्ये ४२२ अन्न बाली र २११ फलफुल खेतीमा अनुदान प्रदान गरिएको गाउपालिका अध्यक्ष राम बहादुर कार्किले बताए ।