फोटो पत्रकार वन्त मोडलिङमा

फोटो पत्रकार वन्त मोडलिङमा

राष्ट्रिय फाेटाे पत्रकार समूहका महासचिव प्रदीपराज वन्त ‘परदेशिको पिडा ’ नामक म्यूजिक भिडियो मोडलिङमा देखा परेका छन् । गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटापत्रकार वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ ।

गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु  गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।  सहायक निर्देशन रेजीना तुलाधरले गरेका छन् । साथै सम्पादन नविन निरौलाको रहेको छ । वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । वन्त अब पहिलो पटक कलाकारिता तर्फ समेत लागेका छन् ।

गीतकार  नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको को विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगयातले संयुक्त रुपमा विमोचन गरे ।

आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले बताए ।

प्रतिक्रिया दिनुहोस