रामपुरमा आईतबारदेखि सवारीमा जोर विजोर प्रणाली

रामपुरमा आईतबारदेखि सवारीमा जोर विजोर प्रणाली

पाल्पाकाे रामपुर नगरपालिकाले काेराेना महामारीकाे जाेखिम भिडभाडका कारण बढेकाे निष्कर्ष निकालेकाे छ । रामपुरले भिडभाडका कम गर्न भन्दै आईतबारदेखि जोर विजोर प्रणाली लागु गर्ने भएको छ ।

नगरपालिकामा शुक्रबार बसेको सर्व पक्षिय बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । बढ्दो जोखिमलाई रोकथाम तथा न्यूनिकरण गर्नका र नगरबासीलाई सुरक्षित राख्नका लागि यस्तो निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।

बजार क्षेत्रमा भिडभाड बढेको भन्दै सम्भावित जोखिम न्यूनिकरण गर्न मेडिकल लगाएत अन्य व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा व्यापारीहरुलाई डोरी तानेर वा प्लाष्टिकको पर्दा लगाएर किनबेच गर्ने गराउन समेत आग्रह गरेको छ । मौसम परिवर्तन संगै चिसो बढेकाले कोरोना संक्रमणको जोखिम बढेपछि नगर क्षेत्रमा जाेरविजाेर लागु हुन लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस