खुकुरी देखाएर घरकै गहना लुटपाट गरेकाे अभियाेगमा बुहारी पक्राउ

खुकुरी देखाएर घरकै गहना लुटपाट गरेकाे अभियाेगमा बुहारी पक्राउ

रामपुरमा गत मंगलबार खुकुरी देखाएर सुन र नगद लुटपाट गरेकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । रामपुर नगरपालिका –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट लुटपाट गरेकाे अभियाेगमा उनकै बुहारी राममाया श्रेष्ठ र माधव पंगेनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

मंगलबार बिहान साढे १ बजेको समयमा रामपुरमा १२ लाख रुपैयाँ बढीको सुन र नगद लुटपाट भएको थियाे । प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार वर्ष ३५ कि घरकै बुहारी राममाया र वर्ष ३० काे माधव पंगेनीकाे मिलेमताेमा याेजना बनाइ डाँकाचाेरी गरि लुकाइ छिपाइ राखेकाे गहना र नगद प्रहरीले बरामद गरेकाे छ ।

प्रहरीका अनुसार मनकुमारीकाे घरबाट नगद ३ लाख ५८ हजार रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको सुनका गरगहना लुटपाट भएको थियाे । पक्राउ परेका अभियुक्तहरूलाइ डाकाचाेरी मुद्दा अन्तर्गत अनुसन्धान प्रकिया जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस