चाडपर्वकाे समयमा उपभाेक्ता ठग्दै व्यापारी, ५० हजारकाे अखाद्य सामाग्री नष्ट

चाडपर्वकाे समयमा उपभाेक्ता ठग्दै व्यापारी, ५० हजारकाे अखाद्य सामाग्री नष्ट

तानसेन नगरपालिका, बजार अनुगमन समितिबाट भित्रका विभिन्न बजारमा अनुगमन गरिएको छ । कात्तिक २० र २१ गते तानसेन नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न बजारमा अनुगमन गरिएको हो ।

तानसेन नगरपालिकाका बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक डिल्लीराज बेलाबासेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, नेपाल पत्रकार महासंघको लगायत बजार अनुगमन समितिबाट अनुगमन कार्य गरिएको हाे ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलाबासेले बजारमा हुने कालोबजारी नियन्त्रणको लागि ग्रामिण भेगमा रहेका बजारलाई प्राथमिकता दिएर अनुगमन गरिएको बताए। उनी भन्छन् ‘यस पटक ग्रामीण भेगमा खाद्यवस्तु खरिद गर्दा उपभोक्ता ठगिन सक्ने सम्भावनालाई ध्यान दिई अनुगमन गरिएको छ’ साथै ‘पहिलो चरण भएकोले व्यापारीलाई सचेत गराउँदै गुणस्तरहिन सामग्री बरामद गरिएको छ’ भने आगामी दिनमा अनुगमन कार्यलाई अझ वढी प्रभावकारी रुपमा अगाडि बढाइने कार्यक्रम तय गरिएकोछ ।
अनुगमनका क्रममा म्याद गुज्रेका विभिन्न खाद्यवस्तु बिक्री गरेको, मुल्य सूची नभएको, कतिपय पसल दर्ता नै नगरेको, दर्ता भएपछि समयमा नविकरण नभएको फेला परेका छन् । ५० हजार बराबरको म्याद गुज्रेका र गुणस्तरहित खाद्य सामग्री बरामद गरेर नष्ट गरिएको छ । बोटलको पानी सहित विभिन्न पेय पदार्थ, बिस्कुट, सूजी, कस्मेटिकका सामग्री बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस