रूप्से तिनाउँ खाेलामा पुल शिलान्यास

रूप्से तिनाउँ खाेलामा पुल शिलान्यास

माया बस्याल

माथागढी गाउँपालिकाकाे रुप्से, चिदिपानी, बदवारी, तिनाउखाेला जाेड्ने पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चाैधरीले प्रदेश सरकारले काेराेना महामारीका बीच पनि विकास निर्माणका याेजनालाइ निरन्तरता दिँदै काम गर्दै अाएकाे बताए ।

पुल निर्माणका लागि ४ कराेड ८ लाख ४९ हजार ३ सय अठार रुपैयाँ ८५ पैसामा सम्झाैता भएकाे भन्दै छिटो काम सम्पन्न गर्नका लागि समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य नारायण प्रसाद अार्चार्यले विगतका समयमा यस खाेलाले धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको यस घटनालाई प्रदेशमा समेत ध्यानाकर्षण गरिएको कुरा बताए । अर्का प्रदेश सभा सदस्य रमा घर्तीले यस निमार्ण कार्यलाई दिगाे र प्रभावकारी रुपमा सम्पन्न गर्न र सबै मिलेर याे निर्माण कार्यलाई पूर्णता दिन अाग्रह गरिन् ।

माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले अावश्यकताले याेजना निर्माण गरेकाे भन्दै तिव्र रूपमा याेजना सम्पन्न गर्न सबैकाे सहयाेग जरूरी रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस