पाल्पामा समुदायस्तरमा ४ सय ९७ सङक्रमित !

पाल्पामा समुदायस्तरमा ४ सय ९७ सङक्रमित !

पाल्पा जिल्लामा बिहिबारसम्म ४ सय ९७ जना समुदायस्तरमा काेराेना सङक्रमण पुष्टी भएकाे छ । पाल्पा जिल्लामा कुल १ हजार २ सय ७ जना सङक्रमण पुष्टि भएकाहरू मध्ये १ हजार ८ जना निकाे भएका छन्, १ सय ८६ जना सक्रिय सङक्रमित रहँदा १३ जनाकाे काेराेनाका कारण मृत्यु भैसकेकाे छ ।

पाल्पामा बिहिबारसम्म ९ हजार ७ सय ७३ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे । जसमध्ये ८ हजार ५ सय ६६ जनाकाे काेराेना नेगेटिभ रिपाेर्ट आएकाे थियाे । सङक्रमण पुष्टि भए भएका मध्ये ६१ जना स्वास्थ्यकर्मी रहेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

बिहिबार पाल्पामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पा अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १४ जना, तिनाँउ गाउँपालिकामा ६ जना, रामपुर नगरपालिका तथा अस्पतालमा गरि ४ जना, माथागढी गाउँपालिकामा ३ जना र रम्भा गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस