कोरोनाका कारण पाल्पामा थप दुई जना पुरूषको मृत्यु

कोरोनाका कारण पाल्पामा थप दुई जना पुरूषको मृत्यु

पाल्पा, कार्तिक २०

पाल्पामा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । बिहिबार माथागढी गाउँपालिका २ का ६६ बर्षिय पुरुष र तिनाउ गाउँपालिका ६ का ४४ बर्षिय पुरुषको मृत्यु भएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुबै जनाको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । मृत्यु हुने दुबैमा अन्य रोग समेत भएकोे पन्थीले बताए ।


६६ बर्षिय पुरुषको कार्तिक १८ गते र ४४ बर्षिय पुरुषको कार्तिक १९ गते स्वाब परीक्षण संकलन गरि बिहिबार रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस