पाल्पाका विद्यालयमा धमाधम परीक्षा चल्दै

पाल्पाका विद्यालयमा धमाधम परीक्षा चल्दै

पाल्पा जिल्लाका अधिकांश विद्यालयमा धमाधम परीक्षा सुरू भएकाे छ । अधिकांश विद्यालयले कक्षा १ देखी १० सम्मकाे परीक्षा तालिका नै प्रकाशन गरेर विद्यालयमा विद्यार्थीकाे भाैतिक उपस्थितीमा परीक्षा सुरू गरेका हुन् । काेभिड १९ ले विश्व प्रभावित भैरहेकाे समयमा परीक्षा सञ्चालन गर्ने वा नगर्ने अन्याैलका बिच कतिपय विद्यार्थीहरू विद्यालयकाे पहुँचमा पुग्न सकेका छैनन् ।

माथागढी गाउँपालिकाभित्रका विद्यालयमा अहिले कक्षा ११ काे वार्षीक परीक्षा सञ्चालन भएकाे छ । कक्षा ११ काे परीक्षा सञ्चालन,व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधी २०७७ अनुसार माथागढी गाउँपालिकाकाे समन्वयमा सञ्चालित साैभाग्य मा.बि.परीक्षा केन्द्रकाे कक्षा ११ काे परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै आज बाट सुरु गरिएकाे विद्यालयले जनाएकाे छ ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्ताेष थापा मगरले कक्षा ११ काे परीक्षा गाउँपालिकाकाे व्यवस्थापनमा सुरू गरिएकाे बताए । उनी भन्छन्र, “कक्षा ११ काे परीक्षा सम्बन्धित विद्यालयबाट सञ्चालन गर्ने थियाे तर हामीले गाउँपालिकाकाे व्यवस्थापनमा कक्षा ११ काे परीक्षा सञ्चालनकाे व्यवस्था गरेका छाैं । उत्तरपुस्तिका छापिएकाे छ र प्रश्नपत्र गाउँपालिकाबाट एकरूपता कायम भएकाे छ तर मूल्याङ्न सम्बन्धित विद्यालयले नै गर्नेछ ।” स्वास्थ्य संवेदनशीलता हेरेर एउटा बेञ्चमा एउटा विद्यार्थी, सेनिटाइजर, मास्क र ज्वराे अाएकाे विद्यार्थीलाइ छुट्टै व्यवस्थापन गरिएकाे छ । माथागढी गाउँपालिकाकाे ६ वटा विद्यालय र ४ सय विद्यार्थीले बिहिबारबाट कक्षा ११ अन्तिम परीक्षा दिँदै छन् ।

जिल्लाका संस्थागत विद्यालयमा अहिले कक्षा १ देखी १० सम्मकाे प्रथम त्रैमासिक परीक्षा चलिरहेकाे छ । केहि सामुदायिक विद्यालयले अालाेपालाे माध्यमबाट विद्यार्थीकाे भाैतिक उपस्थितीमा कक्षा सञ्चालन गरेका छन् ।

शिक्षा मन्त्रालयकाे स्पष्ट निर्देशन नहुँदा परीक्षा तथा कक्षा सञ्चालनका लागि विद्यालयहरू भने अन्याैलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस