पाल्पामा ट्याक्टरले किचेर एककाे मृत्यु

पाल्पामा ट्याक्टरले किचेर एककाे मृत्यु

रम्भा गाउँपालिका –४ बगचौर पाल्पामा ट्याक्टरले किचेर एक पुरूषकाे मृत्यु भएको छ । बुधबार लु ३ त ९८१२ नम्बरको ट्याक्टरले किच्दा ६६ वर्षीय टिकाबहादुर जिसीकाे मृत्यु भएकाे हाे ।्

राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । मृतक पुरुष सुस्तमनस्थितीका रहेको स्थानीयले बताएका छन् ।

राती परालमा सुतिरहेको अवस्थामा ट्याक्टर त्यही माथिबाट कुल्चेर गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका जिल्ला अस्पतालमा लगिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस