सुन्दरढुङगा–सालझण्डी सडक कालोपत्रे हुने

सुन्दरढुङगा–सालझण्डी सडक कालोपत्रे हुने

बिष्णु खनाल

पाल्पा, कार्तिक २०

पश्चिम पाल्पाको सुन्दर ढुङगा-जुठापौवा सालझण्डी सडक खण्ड कालोपत्रे हुने भएको छ । करिब ८ करोड ४५ लाख, ३७ हजार २ सय ६६ रुपैयाँको लागतमा सडक कालोपत्रे हुने भएको होे ।

आगामी बर्षको पौष ५ गते भित्र सम्पन्न गर्ने गरि योजना अगाडी बढाईएको रैनादेवीछहरा गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारको समपुरक बजेट सहित केन्द्र र प्रदेश अन्तरगतको बजेटले सडक कालोपत्रे हुने भएको हो ।
योजनको सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सडक कालोपत्रे भएपछि पश्चिम पाल्पाका जनतालाई तराईसम्म पुग्न सजिलो हुने बताए । कार्कीले यो सडक सिद्धबाबा सडकको भरपर्दाे वैकल्पिक पक्कि सडक हुने बताए । यो योजना पालिकाको गौरवको योजना अन्तरर्गत रहेको छ । यो पक्कि सडकले पश्चिम पाल्पाका स्थानियहरुको आर्थिक बिकासमा समेत टेवा पुग्ने छ । स्थानिय कृषिका उत्पादन छिटो रुपन्देहीको सालझण्डी सम्म पुर्याउन समेत सहज हुने छ ।

उक्त शिलान्यास कार्यक्रममा रैनादेवि छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की,उपाध्यक्ष चेत कुमारी थापा, प्रवक्ता विष्णु पोख्रेरल, प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खत्रीका साथै स्थानियको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस