काेराेना अस्पताल बनाउँदै तिनाउँ गाउँपालिका, निर्माण अन्तिम चरणमा

काेराेना अस्पताल बनाउँदै तिनाउँ गाउँपालिका, निर्माण अन्तिम चरणमा

दाेभानमा कोराेना अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तिनाउँ गाउँपालिका २ दोभानको वोटेगाउँमा निर्माण भइरहेको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेकाे हाे ।

८ वेडको क्षमताकाे अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए । उनी भन्छन्, “अहिले कोरोना पोजेटिभ भएकालाई अस्पतालमा लैजादा वेड नपाएर फिर्ता गराउन बाध्य भएकोले घरमै राख्न परेको स्थिती छ ।” आफ्नै घरमा बस्दा सबै उपचार नहुने भएकोले अस्पतालको खाचो महसुस भएकोले बनाउन थालिएको उनले बताए ।

निर्माणाधिन कोभिड अस्पतालमा ८ कोठा रहेका छन् । जसमा विरामीका वेड सहितका कोठा, स्वास्थ्यकर्मी बस्ने कोठा र स्टोर रहेका छन् । तिनाउ गाउँपालिकाको ३५ लाख रुपैयाको लगानीमा निर्माण भएको कोभिड अस्पताललाई गाउँपालिकामा रहेका चुनढुङगा खानीहरुले पनि सहयोग गर्ने जनाएका छन् ।

अस्पतालमा १ जना डाक्टर, २ जना नर्श र १ जना कार्यालय सहयोगी रहने प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस