कालीगण्डकी करिडोरमा पहिराे खस्दा ५ काे मृत्यु

कालीगण्डकी करिडोरमा पहिराे खस्दा ५ काे मृत्यु

पाल्पा, कार्तीक २०

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो खस्दा पुरिएर पाँच जनाको मृत्यु भएको छ । करिडोरको नवलपुर खण्डमा पुरिएका पाँच जना मजदुरहरुको मृत्यु भएको हो ।

ग्याबिनमा ढुंगा भरिरहेको समयमा सडकखण्डमा माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै  बुलिङटार–४ का बासिन्दा हुन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिए ।

पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली  र स्थानीयले बाहिर निकालेका थिए । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस