बाझो जग्गा जोत्नेहरुलाइ रैनादेवी छहराले अनुदान दियाे

बाझो जग्गा जोत्नेहरुलाइ रैनादेवी छहराले अनुदान दियाे

रैनादेवी छहरा गाउँपालिका पाल्पाले लकडाउनको समयमा बाझो जमिन उपयोग गर्ने किसानहरुलाई अनुदान बितरण गरेको छ । बिभिन्न वडाहरुमा बाझो जमिनको उपयोग गर्ने १ सय १४ जना किसानलाई अनुदान बितरण गरिएको हो ।

किसानहरुलाई अनुदान बितरण गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले यसप्रकारको अभियानले उद्यमशीलता प्रवर्धन हुने भएकोले गाउँपालिकाले महत्व दिएर यो कार्यक्रम बनाएको बताए ।  उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले लकडाउनको समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला अनुदानको कार्यक्रम ल्याएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत खेत बहादुर खत्रीले गाउँपालिकाले बाझो जमिन उपयोग गर्ने किसानहरुको लागि फलफूल लगाउनेलाई प्रति रोपनी २ हजार र खेती गर्नेलाई प्रति रोपनी ३ हजारका दरले अनुदान रकम वितरण गरिएको बताए ।

अनुदान रकम लिनका लागि पालिकाले तोके अनुसार कम्तीमा ३ रोपनीमा खेती तथा फलफूल लगाएको हुनु पर्ने ब्यवस्था गरेको उनले बताए । यसरी बाझो रहेको जमिन उपयोग गरे बापत पालिकाले अनुदान रकम वितरण गरे पछि किसानहरु उत्साही भएका छन् ।

प्रतिक्रिया दिनुहोस