पाल्पामा थप एक काेराेना सङक्रमितकाे मृत्यु

पाल्पामा थप एक काेराेना सङक्रमितकाे मृत्यु

पाल्पामा थप एक जना काेराेना सङक्रमितकाे मृत्यु भएकाे छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय एक पुरूषकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

कार्तिक ५ गते सङक्रमण पुष्टी भएका उनमा अन्य समस्या समेत रहेकाे बुझिएकाे छ । यससँगै पाल्पामा काेराेनाका कारण मृत्यु हुनेहरूकाे संख्या ११ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस