उद्याेग वाणिज्य संघका घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौं लगियाे

उद्याेग वाणिज्य संघका घाइतेहरुलाई थप उपचारका लागि  काठमाण्डौं लगियाे

पाल्पामा भएको दुर्घटनामा घाइते भएका कोहोलपुर उद्योग वाणिज्य संघ, अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्यलाई थप उपचारका लागि काठमाण्डौं लगिएकाे छ ।

साेमबार साँझ भएकाे दुर्घटनामा घाइते भएका दुवै जनाकाे अवस्था मध्यम रहेकाे र थप उपचारका लागि ह्याम्स अस्पताल काठमाण्डाैंमा लगिएकाे लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएकाे छ । उनीहरूलाइ मेडिकल टीम सहितकाे मनाङ एयरकाे हेलिकप्टरले काठमाण्डाैं लगेकाे हाे ।

यता सोमबार राती तानसेन लामीडाँडामा भएको कार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते मध्ये गल्याङ नगरपालिका ११, स्याङ्जाका ३० बर्षिय मदन अधिकारीको अवस्था गंभिर रहेको छ । उनकाे लुम्बिनी मेडिकल कलेज, प्रभासमा आईसियुमा राखेर उपचार भैरहेको छ । अर्का घाइते गल्याङ नगरपालिका १ का ३७ सोमराज बिकको पनि लुम्बिनी मेडिकल कलेज, प्रभासमै उपचार भैरहेको छ ।
चालक गल्याङ १ का सुमन बस्याल फरार रहेको प्रहरीले जनाएको छ । बुटवलबाट ग १ च ९८६८ नम्बरको सेलेरियो कार रिर्जब गरि उनीहरु स्याङनाको मालुङ्जा हिडेको बुझिएको छ । कार लामीडाडाको पेट्रोल पम्प निरको कल्भर्टमा खसेको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उद्याेग वाणिज्य संघ काेहलपुर र राेल्पाका घाइतेहरू पाल्पाबाट पोखरा जाने क्रममा बा १८ च ४३४१ नम्बरको कार दुर्घटनामा परेका थिए । सोमबार बेलुकी बगनाशकाली गाउँपालिका ३ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा बाँके कोहोलपुर ११ निवासी चक्र अधिकारी र रोल्पा ४ लिवाङ निवासी किशोर आचार्य गंभिर घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस