नेकपा पार्टी विभाजनकाे गम्भिर माेडमा !

नेकपा पार्टी विभाजनकाे गम्भिर माेडमा !

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी फुटको गम्भिर माेडमा पुगेकाे देखिएकाे छ । नेकपाका शीर्षनेतादेखी कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् पार्टी फुटकाे संघारमा रहेकाे संकेत गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपा पार्टी फुटको संघारमा पुगेको संकेत आइतबार एक ट्विट गर्दै संकेत गरेका छन् । ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’-उनले ट्वीटमा उल्लेख गरेका छन् । नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह फुटकाे संघारमा भएकाे बुझिएकाे छ । अर्थमन्त्री समेत रहेर सरकारमा रहेका पाैडेलले पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त गर्दैनथ्ये ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले शीर्ष नेताहरूकाे अदूरदर्शीताले पार्टी र देशलाइ समेत घात हुने संकेत गरेका छन् । युवापुस्ताका बीच लाेकप्रिय गैरेले फेसबुकमा लेखेका छन्, पार्टी बिभाजन गरिएमा अक्षम्य अपराध हुनेछ !सत्तास्वार्थ, लेनदेन र दाउपेचको राजनीति छोडेर निति र बिधिमा एकता खोज्नुहोस् ।

खुमलटारको निषकर्ष पार्टी फुट्न नदिने भन्दै राताेपाटीले लेखेकाे छः

पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल  गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए । 

जसमा प्रचण्डले ओलीसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए । 

‘बैठक किन राख्ने ? बैठक सैठक चाहिँदैन । बैठकको निर्णय मान्ने मान्छे म हुँ ? बैठक पनि म राख्दिनँ र तपाइँहरुले बैठक राख्नुभयो भने त्यसको निर्णय पनि म मान्दिनँ । टाउको गनेर बहुमत जुटाएर केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बैठक गर्नुस् तर म मान्दिनँ’ भन्ने जवाफ दिएको प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने, ‘र तपाइँहरुले छुट्टै बैठक गर्नुभयो भने त्यसको बदला म ठूलो एक्सन लिन्छु । त्यसैले बरु पार्टी अलग अलग गरौं ।’ 

ओलीको यस्तो भनाइपछि अध्यक्ष प्रचण्डले त्यस्तो बाटोमा जान नहुने जवाफ दिएका थिए । आइतबार बिहान मात्रै पनि ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेर कर्णालीका सन्दर्भमा पार्टी फुटाऔँ भनेको प्रचण्ड निकट एक नेताले जानकारी दिए । 
आइतबार खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुुर थापा ‘बादल’ सहभागी थिए ।  खुमलटारमा सहभागी सचिवालय सदस्यहरुको भेलाले पार्टी फुटाउन नहुने निष्कर्ष निकालेको छ । 

‘पार्टी कुनै हालतमा फुट्न दिनुहुँदैन । अहिलेको आन्दोलनको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको जनादेश अनुरुप हामी जानुपर्छ त्यो फुट होइन’, खुमलटारमा भएको छलफलको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘त्यसैले बैठकबाटै निष्कर्ष निकाल्ने र पार्टी एकता बचाउने अचुक अस्त्र पार्टी निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेका छौ’, श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस