रिब्दीकाेटमा मोटरसाईकल दुर्घटना परि तानसेनका ज्ञवालीको मृत्यु

रिब्दीकाेटमा मोटरसाईकल दुर्घटना परि तानसेनका ज्ञवालीको मृत्यु

तानसेन–तम्घास सडखण्डको सिरुखर्कमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका –१३, का ३९ वर्षीय अर्गलीका हरि प्रसाद ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रिब्दीकोट गाउँलिका ३ शिरुखर्कमा तानसेन देखि रिडि गुल्मि तर्फ जादै गरेको लु १९ प ८१७५ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएकाे थियाे । दुर्घटनामा परि माेटरसाइकल चालक वर्ष ३९ को हरी प्रसाद ज्ञवालि गम्बिर घाईते भएको र पछाडी सवार जिल्ला गुल्मि ग्वादि गाउँपालिका ४ बस्ने वर्ष ४३ को अनिल ज्ञवालि घाईते भएका थिए । निज घाईतेहरुलाई उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास, पाल्पा पठाईएकोमा हरी प्रसाद ज्ञवालिको बाटोमै मृत्यू भएको भनि डाक्टरद्वारा मृत घोषणा गरेको र अनिल ज्ञवालि उपचार पश्चात डिस्चार्ज भएको थप अनुसन्धान कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस