पाल्पामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि

पाल्पामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक १५

पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पूर्बखोला गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ४ र तानसेन नगरपालिकाका २५, रिब्दीकोट गाउँपालिकाका २ र रम्भा गाउँपालिकाका १ जना गरी ३४ जनालाइ कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पाल्पामा संक्रमित हुनेको संख्या एक हजार एक सय ५६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।संक्रमितमध्ये १४ महिला र २० जना पुरुष रहेका छन् । पाल्पामा हाल सम्म कोरोनाका कारण दश जनाको मृत्यु भएको छ भने ९ सय २७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस