आज फूलपाती भित्र्याइँदै, गाेरखदल गणले ठूलाे कार्यक्रम नगर्ने

आज फूलपाती भित्र्याइँदै, गाेरखदल गणले ठूलाे कार्यक्रम नगर्ने

पाल्पा, कात्तिक ७

आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको गाेरखदल गण पाल्पाका सेनानी मनाेज डंगोल जानकारी दिए ।

उनले दशैं घरबाट ब्यारेकमा िबहान ८ बजे फूलपाती भित्र्याइँने जानकारी िदए ।

प्रतिक्रिया दिनुहोस