पाल्पामा ७ सय ८२ ले जिते कोरोना

पाल्पा, कातिक ६

पाल्पामा हाल सम्म सात सय बयासी जना कोरोना संक्रमण मुक्त भएका छन । निको हुनेहरुमा सबैभन्दा बढी पुर्बखोला गाउँपालिकाका १ सय ७५ जना रहेका छन । त्यस्तै रामपुर नगरपालिकाका १ सय तीस जना,तानसेन नगरपालिकाका १ सय ७ जना, निस्दि गाउँपालिकाका ९८ जना, रम्भा गाउँपालिकाका ६६ जना,बगनासकाली गाउँपालिकाका ५४ जना, रैनादेबी छहरा गाउँपालिकाका ५० जना,माथागढी गाउँपालिकाका ४० जना, तिनाउ गाउँपालिकाका ३४ जना र रिब्दीकोट गाउँपालिकाका २८ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यसै बिच पाल्पामा बिहिबार थप ९ जना कोरोना संक्रमित थपिएका छन । पूर्वखोला गाउँपालिकाका २ महिला र ३ पुरुष, रैनादेवी छहराका गाउँपालिकाका २ पुरुष, रामपुर नगरपालिका र तिनाउ गाउँपालिकाका १ ÷ १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १०५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस