पाल्पाकाे बगनासकालीका एक कोरोना संक्रमितको मृत्यु

पाल्पाकाे बगनासकालीका एक कोरोना संक्रमितको मृत्यु

पाल्पा, कार्तिक ५
पाल्पामा एक जना कोरोना संक्रमितको निधन भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा बगनासकाली गाउँपालिका–७ का ७८ वर्षिय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार कार्तिक १ गते कोरोना पोजेटिभ देखिएका वृद्धको बुधबार मृत्यु भएको हो ।
बुधबारमात्र पाल्पामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालहरुका १७ जना, पूर्वखोलाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना र माथागढी गाउँपालिकाका ५ जना गरी २७ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म पाल्पा जिल्लामा संक्रमितको संख्या १ हजार ४१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगेको छ । यो संगै पाल्पामा अहिलेसम्म ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस