आत्मियता साटेर विजयादशमी मनाउँ !

आत्मियता साटेर विजयादशमी मनाउँ !

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने हिन्दूहरूको महान पर्व विजया दशमी सद्भावको पर्व हाे । काेभिड १९ (काेराेना) महामारीका बीचमा हिन्दूहरूकाे महान् पर्व सुरू भएकाे अवस्थामा हर्ष, उल्लास र उमङ्ग छाएकाे छ । दशैं, तथा नयाँ बर्षमा भेटेर, पोष्टकार्ड तथा फुलको गुच्छा साँटासाँट हाेइन सामाजिक सञ्जालहरूबाट शुभकामना साटासाट भएका छ ।

जमरा राखेदेखि नै शुरु भएको मान्यजनको हातबाट टीका लगाएपछि औपचारिक रुपमा समाप्त हुनेछ । दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ । दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन । तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ ।

दशैं आस्थाको प्रतीक मात्र नभएर शक्ति, सहिष्णुता, सद्भाव प्रतिको समर्पण पनि हो । सामाजिक–सांस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तित्व, बन्धुत्व र राष्ट्रिय एकतालाई प्रवर्दन गर्न ठूला–साना, हुने–नहुने, धनी–गरिब सबैलाई समान व्यवहार अहिलेकाे आवश्यकता हाे ।

समयकाे परिवर्तनसँगै बडादशैं पनि फेरिने निश्चित छ । काेराेनाका कारण आफन्तसँगै टाडिनुपर्ने बाध्यताका बीच आत्मियता साटेर यसपटककाे बडा दशैंलाइ विदा गराैं, सेराेफेराेन्यूज डटकम अनलाइन खबरपत्रिकाकाे तर्फबाट यहाँहरूमा बडा दशैं २०७७ काे शुभकामना !

प्रतिक्रिया दिनुहोस