मालश्री गीत सङकटमा !

मालश्री गीत सङकटमा !

दशैं विशेष

कति सुत्यौ हे नन्द लाल…
जागो भाई जाउ रे, उठ पति कृष्ण तिमी, अस्नन गर्न आउन ।

दशैंका बेला बिहानै घरमा दुर्गा जगाउँदै मालश्री धुन बजाउँदै गर्ने गन्धर्व समुदायहरु हाल भने देखिन छोडेका छन् । आधुनिक बाजाहरूकाे विकास भएसँगै मालश्री लाेप हुने अवस्थामा पुगेकाे छ । गन्धर्व समुदायले

पहिले गाउँमा १६ शरद लागेपछि शुरु हुन्थ्यो– शारदीय राग मालश्री । ऋतु सकिएपछि शरदमा आलापिने ऋतुराग मालश्री बाँसुरी, मुरली, मुर्चुङ्गामा स्वतः आलापित हुन्थे– तिहुरी ती…. तिहुरी तीती…. तिहुरी ती…..।

मालश्री एउटा यस्तो एतिहासिक सांगीतिक ताजगी हो जून सदासर्वदा गुञ्जिरहन्छ, तर यसको महत्व दर्शाउन नसक्दा मालश्री संकटमा परेको छ । ऐतिहासिक किम्बदन्तीअनुसार देवीको गुनगानका लागि बजाईन धुन, मालश्री हो । जुन पछिल्लो समय संकटमा परेको छ । दसैंको समयमा हिन्दु परम्पराअनुसार नौ दिन देवीको पूजा गरिन्छ ।

बिहान ३ बजेदेखी घरको ढोका गएर मन्द धुनमा मालश्री गीत बजाइने गर्दा नवदुर्गा प्रशन्न हुने विश्वास छ । ठाउँ र जातजातिअनुसार मालश्री धुन फरक फरक हुन्छ । नेपाली समाजमा दसैंको समयमा यो धुन बजाउने गरेकाले दसैं धुन पनि भनिन्छ ।

प्रविधिको विकाससँगसँगै मालश्री धुनको लागि आधुनिक बाजागाजाको विकास पनि भइसकेको छ । तर वास्तविक मालश्री गाउने व्यक्तिको कमी हुन थालेको तानसेनका दिनेश गन्धर्व बताउँछन् । उनी भन्छन्, ‘होनीमाया गन्धर्वले बिहान ३ बजे घरको बाहिर गएर सारङ्गीको धुनमा गाईने मालश्री पछिल्लो समय लोप हुन थालेको छ । अब बालीघरे प्रथाबाट मालश्री जोगाउन सकिँदैन त्यसैले हामीले यसलाई जगेर्ना गर्न बिहानै टोलटोलमा गएर गाउन थालेका छौं ।’

वडा दशैको अवसरमा तानसेनमा प्रत्येक वर्ष जसो बिहान सबेरै तानसेनमा स्वर्गीय होनीमाया गन्धर्वले यो रागमा आधारित गीत भजन गाउँदै आएका थिए । बिहानीपखको सुनसान समय निन्दाको तन्द्रामा उनको यो मालश्री गाएन सुन्दा अत्यन्त आनन्द आउँथ्यो । तानसेनमा बेला बखत यसरी गीत गाउने गन्धर्बहरुमा उही मात्र बाँकी थियो तर उनी पनि यस संसार छोडर गइसकेपछि संकटबाट बचाउन दिनेश गन्धर्वले अभियाननै चलाएका छन् । उनी भन्छन्, अब कोही छैन तानसेनमा मालश्री गाउने । भएका सबैले यो पेशा छोडी सकेका छन् । यसरी दशैंको बेला मालश्री गायन बापत दशैंपछि मासु चिउरा, रोटी दिने चलन थियो तर आजभोलि यो चलन हराएर गइसकेको छ । अब यस बापत पैसा दिने गरिन्छ । दिने भन्छन्, यो हाम्रो संस्कृति हो हाम्रो परम्परा हो यसलाई लोप हुन दिनु हुँदैन भनेर टोलटोलमा हिँडेको छु । तर सबैको सहयोग आवश्यक छ ।

दशैंको समयमा गुञ्जिने मालश्री धुनले हरेक नेपालीलाई आनन्द अनुभूति दिन्छ । यसलाई मौलिक नेपाली लोक धुन मानिन्छ। मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि छ । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन्। तिनैमध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ।

बडादसैं अन्तर्गत महाष्टमीको दिन गोरखा दरबारमा सारङ्गी मार्फत मालश्री धुन बजाउँदै स्थानीय गन्धर्व । तस्बिरः प्रशन्न पोखरेल, रासस

प्रतिक्रिया दिनुहोस