कैलालीका प्रहरी असइ र प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ

कैलालीका प्रहरी असइ र प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ

धनगढी, ४ कार्तिक

धनगढी उपमहानगरपालिका १२ जुगेडा कैलालीको अस्थाई प्रहरी पोष्टमामा कार्यरत प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा ७ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना सार्वजनिक गरेकाे हाे ।

पक्राउ परेका उनिहरुलाई ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको पत्रकार संममेलन गर्दै प्रहरीले बताएको छ । घटनामा संलग्न थपको खोजी भईरहेको प्रहरीको भनाई छ ।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस