भिजन लुम्बिनीकाे सेती नदी जलविद्युत् आयोजना द्रूत गतिमा

भिजन लुम्बिनीकाे सेती नदी जलविद्युत् आयोजना द्रूत गतिमा

पाेखरा, कार्तिक ४

भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण प्रारम्भ गरेकाे सेती नदी जलविद्युत आयोजना द्रूत गतिमा काम अगाडी बढेकाे छ । काेभिड १९ (काेराेना) महामारीका बीचमा पनि कम्पनीले निर्धारित समय अगावै काम सक्ने गरि आयोजनामा काम गर्दै आएकाे हाे ।

माछापुच्छ्रे गाँउपालिका कास्कीमा निर्माण सुरू भएकाे सेती नदी जलविद्युत् आयोजनाका लागि सहयाेग सम्झौता भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको प्रवर्दक भिजन लुम्बिनी  ऊर्जा विकास कम्पनी  र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

एनएमबी बैंकले दुई अर्ब २० करोड रूपैयाँ, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास  बैंकले ५० करोड गरी कूल तीन अर्ब ५० करोड रूपैयाँ आयोजनामा लगानी गर्न सहमत भइ सम्झाैतामा हस्ताक्षर भएकाे हाे । आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत ९रु एक अर्ब ५० करोड० रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ ।

आयोजना स्थलमा काम गर्दै मजदूरहरू

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ्रे गाँउपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् ।  भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले बताए ।

आयोजनाकाे अनुगमन निरीक्षण गरिँदै

आयोजनाको कूल लागत पाँच अर्ब रूपैयाँ रहेकाे छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।  

प्रतिक्रिया दिनुहोस