काेराेनाका कारण पाल्पामा थप २ काे मृत्यु, ३० जनामा कोरोना पुष्टि

काेराेनाका कारण पाल्पामा थप २ काे मृत्यु, ३० जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक ३

पाल्पामा काेराेनाका कारण थप दुइ जना सङक्रमितकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिका-२ का ८५ वर्षीय बृद्ध र तानसेन नगरपालिका-७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा रामपुर नगरपालिकाका १ जना, तानसेन नगरपालिका तथा अस्पतालहरुका १८ जना, पूर्वखोलाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ३ बगनासकाली गाउँपालिकाका १ गरी ३० जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार २१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ । साेमबार थप दुइसँगै पाल्पामा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् ।


उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा पाल्पामा समुदायस्तरमा समेत कोरोना फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस