पाल्पामा थप ७५ जनामा कोरोना पुष्टि

पाल्पामा थप ७५ जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक १

पाल्पामा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा रामपुरका २० जना, बगनासकालीका १९, तानसेन नगरपालिकाका १८, पूर्वखोलाका ९, रैनादेवीका २, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ ।

पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ५० जना निको भएर घर फिर्ता भएका छन् । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा पाल्पामा समुदायस्तरमा समेत कोरोना फैलिएको छ ।

पाल्पामा अहिले सम्म ५० जना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भइसकेको ।

प्रतिक्रिया दिनुहोस