४ लाख घुससहित हवल्दार दम्पत्ती पक्राउ

४ लाख घुससहित हवल्दार दम्पत्ती पक्राउ

बुटवल असाेज ३०

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका हबल्दार ४ लाख रुपैयाँ घुस रकमसहित पक्राउ शुक्रबार परेका छन् ।

पक्राउ परेका अभियुक्तलाई धरौटीमा छुटाइदिन सहयोग गर्ने भन्दै घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो । सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार शिवचन्द्र साहनी र उहाँकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरिएको आयोगका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।

पीडितले दिएको सूचनाका आधारमा दिउसो साँढे २ बजे उनीहरुलाई नियन्त्रणमा लिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस