पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि


पाल्पा, असोज ३०


पाल्पामा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तिनाउँ गाउँपालिकाका २ पुरुष र १ महिला, तानसेन नगरपालिकाका ५ पुरुष र ३ महिला, रिब्दिकोट गाउँपालिकाका २ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।


यो सहित कोरोना संक्रमितको कुल संख्या ८ सय ९४ पुगेको छ । संक्रमितमध्ये ७ सय ५० जना निको भएर घर फर्किएका छन् । भने, ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले सम्म ४८ जना स्वास्थ्यकर्मी संक्रमण देखिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस