कोरोनाको कारण मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ

कोरोनाको कारण मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ

पाल्पा, असोज ३०

तिनाउ गाउँपालिका ३ दाेभानकी महिलाकाे मृत्युु काेराेनाका कारण नभई अन्य कारण मृत्यु भएको पाईएकाे छ । शुक्रबार सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका समाचार गलत भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । उनलेे स्वास्थ्य कार्यालयले काेराेनाका कारण मृत्यु पुष्टि नभएको बताउँदै आएकाे स्पष्ट पारे । विहीबार जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिलाको बिहिबार मृत्यु भएको थियो ।
तिनाउँ गाउँपालिका ३ की ५४ वर्षकी महिलाको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । हतारमा गलत सूचना प्रबाह नगर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस