बयासी विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा

बयासी विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा

बिष्णु खनाल
पाल्पा,असोज २९

पाल्पाको माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित रहेका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाँउपालिकाले निशुल्क बीमा गरिदिएको बताउनुभयो । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको उहाँको भनाई छ ।

यसअघि सरकारले गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पुर्याउन ल्याउन स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ । स्वास्थ्य बीमा गरिव र आर्थिक अवस्था कमजोर भएकाहरुलाई केन्द्रित गरिए पनि तर सुरुमा बुझाउनु पर्ने ३ हजार ५ सय रुपैयाँ पनि तिर्न नसक्नेलाई समस्या थियो ।

सामान्य रोग लागि हाल्यो भनेपनि ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताउने गरेको यहाँका स्थानीयलाई अहिले सहज भएको छ । गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर मात्र पनि उपचारका लागि सदरमुकाम जान सकिने स्थानीय खेम बहादुर वि.क ले बताउनुभयो । गाउँपालिकाको यस्तो कार्यक्रमले हामीलाई निकै सहज भएको छ उहाँले भन्नुभयो रोग लागि हाल्यो भने गाउँ–गाउँमा ऋण खोजेर हिड्नु पर्ने समस्या अन्त्य भएको र अहिले पैसाको पनि बचत भएको छ ।
५ जना सम्मको परिवारले ३५०० रुपैयाँको बीमा गरेपछि १ लाख सम्मको उपचार सेवा निशुल्क पाइँन्छ ।

प्रतिक्रिया दिनुहोस