नेपाल आउने तयारीमा भारतीय सेनाध्यक्ष नरभाने

नेपाल आउने तयारीमा भारतीय सेनाध्यक्ष नरभाने

काठमाण्डाैं, असाेज २९

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी सुरु भएको छ । 

स्रोतका अनुसार नेपाली सेनाले नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो । 

यस अघि सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण नरभानेको नेपाल भ्रमण रोकिएको थियो ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस