कालिगण्डकी करिडाेर (पिपलडाँडा-गैडाकाेट) सडक कालाेपत्रे

कालिगण्डकी करिडाेर (पिपलडाँडा-गैडाकाेट) सडक कालाेपत्रे

पाल्पा, असाेज २९

कालीगण्डकी काेरिडाेर अन्तर्गत (पिपलडाँडा-गैडाकाेट) खण्डमा कालाेपत्रेकाे काम सुरु भएको छ । पाल्पा – कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा र नवलपरासी खण्डकाे सडक कालाेपत्रे गर्ने कार्य धमाधम चलिरहेकाे छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको अहिले रामपुर नगरपालिका ८ र १० अन्तर्गत भुजात क्षेत्रमा कालाेपत्रे सुरू भएकाे छ । कोरोनाको उच्च जोखिमका कारण सात महिना कुनै काम हुन सकेन थिएन । काेराेनाका कारण आयोजना नै ठप्प हुन पुग्यो यसमा काम गर्ने सबै कामदारहरु घरघरमा गएपछि आयोजनका सबै काम पूर्ण रुपमा प्रभाबित भएको थियाे । अहिले सात महिनापछि प्रभावित काम थोरै कामदार ल्याएर भएपनि शुरु गरेकाे ठेकेदार कम्पनीकाे भनाइ छ ।

पाँच अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालिगण्डकी करिडोरको अहिले गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम भइरहेकाे छ । सडक निर्माणकाे ठेक्का पाएकाे भारतीय कम्पनी ईकेके कन्सटक्शनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको छ । सडक निर्माणकाे सम्झाैता अनुसार पाल्पाकाे पीपलडाँडा राम्दीदेखि पूर्वी नवलपरासीको गैँडाकोटस्थित कालिगण्डकी चोकसम्मको १३२ किलोमिटर सडक कालोपत्रे गरिनेछ । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्रे, एक एक मिटरको किनारा र एक एक मिटरको नाला रहने कालीगण्डकी काेरिडाेरले जनाएकाे छ ।

वि.स. २०७५ मंसिर १७ गतेबाट शुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मंसिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भएपनि कोरोनाले एक देखि डेढ वर्ष धकेलिने सम्भावना छ । कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा, नवलपरासी, गुल्मी र बाग्लुङ्मा २०६६ सालदेखि नै ट्रयाक खाेल्ने तथा अन्य पूर्वाधार निर्माणकाे काम भइरहेकाे थियो ।

प्रतिक्रिया दिनुहोस