१२ जनामा कोरोना देखिएपछि ९० लाख मानिसमा कोरोना परीक्षण गरिँदै

१२ जनामा कोरोना देखिएपछि ९० लाख मानिसमा कोरोना परीक्षण गरिँदै

काठमाडौं, असोज २६

चीनको छिङताओ सहरमा १२ जना मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सरकारले सहरका सबै ९० लाख मानिसको परीक्षण गर्ने भएको छ । चीनले छिङताओका सबै मानिसको पाँच दिनभित्र कोरोना परीक्षण गर्ने निर्णय गरेको हो । सहरको एक अस्पतालमा १२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएसँगै सरकारले कोरोना नियन्त्रणको लागि यस्तो योजना अघि सारेको हो ।

चिनियाँ सामाजिक सञ्जाल वेईबोमा प्रकाशित एक विज्ञप्तिका अनुसार छिङडाओ सहरको हेल्थ कमिसनले लक्षण सहितका ६ र लक्षण नभएका ६ जना मानिसहरुमा कोरोना संक्रमण देखिएसँगै सहरका सबै मानिसमा कोरोना परीक्षण गर्न लागिएको उल्लेख छ । सबै संक्रमित अस्पतालसँग जोडिएको विज्ञप्तिमा उल्लेख छ । अहिले देखिएको संक्रमण जोखिमपूर्ण रहेको भए पनि त्यहाँको प्रशासनले समग्र सहरका मानिसको कोरोना परीक्षण गर्न लागेको हो ।

गत मे महिनामा चीनले वुहान सहरका सबै मानिसको कोरोना परीक्षण गरेको थियो । चीन कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो । अहिले विश्वका धेरै मुलुकमा उल्लेख्य मात्रामा संक्रमण बढिरहेको कारण लकडाउन तथा अन्य सामाजिक गतिविधिमा प्रतिबन्ध जारी रहेको अवस्थामा चीनमा भने जनजीवन सामान्य अवस्थामा फर्किएको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस