लायन्स क्लब अफ पाल्पाद्वारा जन्मदिवसमा सम्मान कार्यक्रम

लायन्स क्लब अफ पाल्पाद्वारा जन्मदिवसमा सम्मान कार्यक्रम

राजेन्द्र लिगल

पाल्पा, असाेज २३

हामी सेवा गर्छौ भन्ने मूल नाराका साथ सामाजिक काम गर्दै आयको लायन्स क्लब अफ पाल्पाले आफ्नो जन्मदिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि डिस्ड्रिक चिफ सुशील प्रधानले केक काटेर उद्घाटन गर्नुभएको थियो ।सो अबसरमा प्रमुख अतिथि प्रधान डिस्ट्र्क्त एड्भाइजर तथा प्रदेश सभा सदस्य डाक्टर पुरन बज्राचार्य सस्थापक सचीव बुद्धि प्रसाद शर्मा सद्स्य केदार लाल श्रेष्ठ देब प्रसाद बज्राचार्य बरुन रेग्मि निबर्तमान अध्यक्ष सुरेन्द्र पौडेल पुर्ब अध्यक्ष इन्जिनियर बिष्णु प्रसाद श्रेष्ठ लायन्स क्लब पाल्पा माडी का अध्यक्ष यम बहादुर चिदि लगायत ले लायन्स क्लब बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रम उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठ ले स्वागत कार्यक्रम सम्योजक सैलेन्द्र भट्टराईको धन्यवाद सचीव समिर मानसिंहको सन्चालन र क्लबका अध्यक्ष शारदा नेपाल को सभापतित्वमा सम्पन्न भएको थियो । हाल पाल्पामा १० वटा क्लब स्थापना भएको पत्रकार राजेन्द्र लिगलले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस