पाँच कराेड लगानीमा तानसेनमा कालिज फर्म -भिडियाे

पाँच कराेड लगानीमा तानसेनमा कालिज फर्म -भिडियाे

पाल्पा, असाेज २२
तानसेनकाे बतासेडाँडामा पाल्पा र रूपन्देही ५ जना युवाहरू मिलेर व्यावसायिक कालिज पालन सुरु गरेका छन् । पाँच कराेड रूपैयाँकाे लगानीमा २४ रोपनी जग्गामा कालिज पालन सुरू गरिएकाे हाे ।

सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालिका सञ्चालक सुरेन्द्र बस्यालले बजारमा कालिजको मासु र चल्लाको माग देखेर कालिजपालन सुरु गरेकाे बताए । उनीहरूकाे फर्ममा अहिले १ हजार ८ सय बढी चल्लाहरू हुर्कंदै छन् । कालिज बेच्ने अवस्थामा रेष्टुरेन्ट समेत सञ्चालन गरेर कालिजकाे मासुकाे व्यापार गर्ने उनीहरूकाे याेजना रहेकाे छ ।
कालिज पालनका लागि आवश्यक पर्ने १५ देखि २५ डिग्री सेन्टीग्रडको तापक्रम भएको जग्गाको खोजी गरेर तानसेनको बतासेमा आएको उनीहरूको भनाई छ ।

हेर्नुहाेस् कालिज पालन भिडियाे…

प्रतिक्रिया दिनुहोस