प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार

बुटवल, असाेज १८

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा बुटवलमा ढुंगा प्रहार भएको छ । प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति बुटबलमा लगातार आन्दोलन भइरहेको छ ।  काठमाडौंबाट बुटवल फर्किँदै गरेका पोखरेललाई लक्षित गर्दै बुटवलमा ढुंगा प्रहार गरिएको थियो ।

प्रदेश ५ मुख्यमन्त्री पोखरेल र उनको पछुवा गाडीमा एक एकवटा ढुंगा लागेको थियो । उनको गाडीमा ढुंगा प्रहार गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको छ । कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेका पोखरेललाई बाटो बाटोमा कालोझण्डा देखाइएको थियो ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।

प्रतिक्रिया दिनुहोस