अन्धकारमा तानसेन !

अन्धकारमा तानसेन !

सम्पादकीय

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा विद्युत, टेलिफाेन नेटवर्क, खानेपानीसँगै जिल्ला भित्रने मुख्य प्रवेशद्वार सिद्दार्थ राजमार्ग बन्द हुँदा तानसेनबासी अन्धकारमय भएका छन् । जिल्लामा तीनदिनदेखी विद्युत आपूर्ती बन्द छ वैकल्पीक अवस्थामा केही सीमित स्थानमा रिडी हाइड्राे पावरकाे विद्युत आपूर्ती भैरहेकाे छ । तीनदेखी सम्पूर्ण टेलिफाेन सेवामा समस्या भएकाे छ । एक हप्तायता तानसेनका धारामा खानेपानी चुहिन छाेडेकाे छ । यतिमात्र हाेइन तानसेन भित्रने प्रवेशद्वार सिद्दार्थ राजमार्ग अविरल वर्षाका कारण अवरूद्द हुँदा पाल्पा भित्रने तथा पाल्पा भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी बीच बाटैमै अलपत्र परेका छन् ।

पाल्पामा प्रत्येक चुनावमा नागरिकका घरदैलाेमा यी चार अत्यावश्यकीय सेवा खानेपानी, विद्युत, सडक र टेलिफाेन सेवामा चुस्त र दुरूस्त बनाउने बाचा गर्दै वर्षैदेखी सभासद्, मन्त्री तथा सांसद भएका र देशकाे उच्च तहमा पुगेका प्रमुख प्रशासनिक व्यक्तित्वहरूलाइ यी समस्याका बारेमा अवगत नभएकाे भने हाेइन । तर दीर्घकालिन समाधानकाे बाटाे नखाेज्ने र नागरिकलाइ भाेट बैंककाे रूपमा मात्र लिएर जनतालाइ निराशा शिवाय अन्य केही नदिने प्रवृतिका बीच जिल्ला दश स्थानीय तहकाे छलफल हुनु आवश्यक छ । जिल्लामा कराेडाैं बजेट भित्रने र उक्त बजेट कहाँ र कसरी खर्च भैरहेकाे छ भन्ने बारेमा जनता सुसूचित हुन नसकिरहेकाे परिवेशमा हप्तै देखी खानेपानीकाे धारा नचुहिनु, माेबाइलमा घण्टी बज्नेसम्मकाे अवस्था नरहनु, यात्रा गर्न बाटाे नहुनु र उज्यालाे हेर्न घाम नै पर्खनुपर्ने अवस्था सिर्जना हुनुले जिल्लाकाे विकाश हुन नसक्ला ।

यस्ताे महामारीका बिचमा जनताका आधारभूत आवश्यकताका विषयमा सम्बन्धित सराेकारवाला निकाय माैन बस्नु उपेक्षाकाे पराकाष्ठा हाे । पाल्पाका केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधी, पाल्पाबासी जनता, सम्बन्धित कार्यालय र नागरिक समाज मिलेर वैकल्पिक व्यवस्था तत्काल गरि दीर्घकालीन समाधानका लागि पहल गराैं ।

प्रतिक्रिया दिनुहोस