पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि

पाल्पामा थप तेह्र जनामा कोरोना सङक्रमण पुष्टि



पाल्पा, असोज ६

पाल्पामा मंगलबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रैनादेबी छहरा गाउँपालिका र रामपुर नगरपालिकाका एक÷एक जना र रिब्दिकोट गाउँपालिकाका एघार जना रहेका छन । जसमा एक महिला र १२ पुरुष रहेका छन ।

१३ जना सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।


यो सहित कोरोना संक्रमितको कुल संख्या ७ सय १३ पुगेको छ । संक्रमितमध्ये ५ सय ८८ जना निको भएर घर फर्किएका छन् । भने, ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा अहिले सम्म १६ जना स्वास्थ्यकर्मी संक्रमण देखिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस