चितुवासँग खड्गबहादुरको दिउँसै भिडन्त, चितुवा मर्यो ! (फाेटाे/भिडियो)

चितुवासँग खड्गबहादुरको दिउँसै भिडन्त, चितुवा मर्यो ! (फाेटाे/भिडियो)

पाल्पा, असोज १
हुँगीका ५२ वर्षीय खड्ग बहादुर फाल गाईबाख्रा चराउन कराङ्दी खोलामा गएका बेला अनायासै चितुवाले आक्रमण गर्छ । चितुवासँग खड्गबहादुरको १० मिनेट भिडन्त हुन्छ । खड्गबहादुर निरन्तर चितुवाको गर्धन (घाँटी) समाएर गुहार माग्छन् । नजिकै रहेका एक युवाले ढुङ्गा प्रहार गर्दा चितुवाको मृत्यु हुन्छ ।


सुन्दा कथा जस्तो लाग्ने यो घटना बिहिबार दिउँसो ११ बजेको हो । रम्भा गाउँपालिका–१, कराङ्दी खोलामा चितुवाले माहार (गाईबाख्रा) चराउन गएका ५२ वर्षीय खड्ग बहादुर फाललाई आक्रमण गर्दा चितुवाको मृत्यु भएको छ । खड्ग बहादुरलाई हातमा र कम्मरमा समाएर आक्रमणमा उत्रिएको चितुवा मारिएको हो ।


५२ वर्षीय माहारे खड्ग बहादुर चितुवासँग भिडेका थिए । भिड्ने क्रममा चितुवाको आक्रमणबाट फाल घाइते भएका छन् भने उनले प्रहार गरेको ढुङ्गाका कारण चितुवा मरेको छ । चितुवासँग भिड्दा घाइते भएका फाललाई उपचारका लागि गल्याङ सामुदायिक अस्पतालमा लगिएको प्रहरी चौकी हुँगीले जानकारी दिएको छ । घाईते खड्गबहादुरको हातको नाडीमा १२ स्थानमा टाँका लगाईएको छ । उनको तिघ्रा, अनुहार, हात र खुट्टामा चोट लागेको छ ।
प्रहरी चौकी हुँगीका इन्चार्ज (असई) कनौया चौधरीले गाईगोरु चराएर बसेको बेला चितुवाले बाख्रा ताकेर मानिसमाथी आक्रमण गरेको हुनसक्ने बताए । चौधरी भन्छन्, ‘चितुवाले मान्छेलाइ हानेको रहेछ । हातखुट्टामा तिथोरेको छ । धेरै समयको प्रतिकारपछि चितुवा मरेको थियो । मृतक बाघलाई प्रहरीको रोहबरमा डढाएर गाडेको हो ।’ उनले चितुवाको आक्रमणपछि गुहार मागेर अरुलाई समेत सहयोग लिएर चितुवा मरेको बताए ।

स्थानीय केदार बस्यालका अनुसार गाईबाख्रा चराउन गएका खड्गबहादुरलाई बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो । चितुवाबाट बच्न फालले ज्यानको बाजी थापेर लडेको घटनास्थलमा देख्न सकिने उनले बताए । मारिएको सवडिभिजन वन कार्यालय, ताहुँको समन्वयमा हुँगी प्रहरी चौकीमा लगेर जलाई नष्ट गरिएको छ । तस्बिर/भिडियो : केदार बस्याल/ईश्वर काफ्ले

प्रतिक्रिया दिनुहोस